लव डायरिजको पहिलो गित सार्वजनिक, चलचित्र असोज ३ मा आउँदै (भिडियोसहित)

प्रकाश भण्डारी
संचार गृह/ सोमवार, साउन १३, २०७६

नेपाली चलचित्र लव डायरिज टिमले चलचित्रको पहिलो गित सार्वजनिक गरेको छ ।

चलचित्रका निर्देशक सौरव चौधरी छन् भने पर्यटन व्यवसायमा ख्याति कमाईसकेका विनोद सापकोटाले निर्माण गरेका हुन् ।
‘सुन्यौ कि सुनिनौ’ बोलको गीतको भिडियोमा सुशिल र रुविनालाई रोमान्टिक मुडमा देखाइएको छ ।

मनाङको रमणीय स्थल भिम्थाङमा सुटिङ गरिएको यस गितलाई सञ्जय लामाले क्यामरामा कैद गरेका छन् ।

चलचित्र जगतमा बेष्ट अफ् टेलर मेकर भनेर चर्चा कमाएका साहिल खान एसोसियट निर्देशनको भुमिकामा रहेका छन् ।
यो गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । सरकारको सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी भईरहँदा यस गीत पर्यटन प्रवद्र्घनको एक पाटो समेत रहनेमा निर्माता विनोद सापकोटा ढुक्क रहेको सञ्चारगृहलाई बताउँछन् ।

फिल्म आँउदो असोज ३ गते नेपालभर रिलिज हुँदै छ ।