वाग्मति किनारमा बृक्षारोपण, साम्बलाले देखायो अग्रसरता

काठमाडौं
संचार गृह/ शनिबार, साउन ११, २०७६

साउन महिना आफैंमा हरियाली हुने महिना हो । यही महिनामा बर्षा समेत धेरै हुने गर्दछ । त्यसैले यस महिनामा बृक्षारोपणका कार्यक्रमहरु पनि बढी हुने गर्दछन् । अहिले साउन अर्थात अंग्रेजी JULY महिनामा बिभिन्न संघसंस्थाहरुले बिभिन्न क्षेत्रमा यस्ता कार्यक्रमहरु गरिरहेका छन् । जुन सह्रायिन पनि छ । यस्तोमा लाइन्स क्लव अफ काठमाडौं साम्बलाले पनि बृक्षारोपण गरेको छ ।

रुख रोपौं वातावरण जोगाऔं भन्ने नारालाई सार्थकता दिन काठमाडौंको कुपण्डोलस्थित बाग्मति पुल तल बृक्षारोपण गरिएको छ ।

लाइन्स क्लव अफ काठमाडौं साम्बला र स्थानीय फ्रेन्ड्स क्लव कुपन्डोलको आयोजनामा शनिबार बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
लाइन्स क्लव अफ काठमाडौं साम्बलाका अध्यक्ष राजकुमार थापा, स्थानीय फ्रेन्ड्स क्लव कुपन्डोलका अध्यक्ष राजीव पौड्याल, ३२५ A1 का निर्वतमान गर्भनर लायन्स अनन्त प्रसाद भेटवाल तथा द्धितिय गर्भनर लायन्स रेवत बहादुर कार्कीले संयुक्त रुपमा विरुवा रोपेर बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा लाइन्स क्लव अफ युनाइटेले पनि सहभागीता जनाएको थियो । युनाइटेडका अध्यक्षसहितका पदाधिकारी र स्थानीयले समेत बृक्षारोपण कार्यक्रममा साथ दिएका थिए ।

साम्बलाका अध्यक्ष राजकुमार थापाले बाग्मति खोला अतिक्रमणको चपेटामा परेको र खोला किनारमा दुर्गन्ध बढेको भन्दै यसलाई संरक्षण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

यता, स्थानीय फ्रेन्ड्स क्लव कुपन्डोलका अध्यक्ष राजीव पौड्यालले खोला क्षेत्रको खाली जग्गामा क्रमश बृक्षारोपण गर्दै लैजाने र हरियाली बढाउने बताए । यसको रेखदेख पनि क्लवले नै गर्ने उनले बताए ।

कार्यक्रममा बिभिन्न जातका सय भन्दा बढी विरुवा रोपिएको थियो ।

स्थापनाको छोटो समयमानै साम्बलाले यस अघि पनि यस्ता बिभिन्न सामाजिक क्रियाकलापहरुमा हातेमालो गर्दै आईरहेको छ ।