रजनीको पोल्टामा रजत, बाबुराम भट्टराईले दिए बधाई

संचार गृह/ आइतवार, साउन ५, २०७६

१२औं साउथ एसिएन शारीरिक सुगठन प्रतियोगिता साउन ३ र ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका विच सम्पन्न भएको छ ।

प्रतियोगितामा साउथ एसिया राष्ट्रका खेलाडीहरुले भाग लिएका थिए । पुरुष तथा महिलाबिच रोचक प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताकै क्रममा महिला एथलेटिक फिजिक्स इभेन्टका रजनि श्रेष्ठले रजत पदक जितिन् । जितसंगै खुशी ब्यक्त गर्दै रजनिले आगामी प्रतियोगितामा भाग लिई स्वर्ण पदक नै जित्ने आशा बढेको सञ्चारगृहलाइ बताईन् ।

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रजनीलाई भेटेर बधाई दिदै आगामी दिनमा राष्ट्रको नाम विश्वसामु चिनाउन हौसला प्रदान गरेका थिए ।

बधाई दिदै नेपाल समाजबादी पार्टीका अर्का युवा नेता रित बहादुर श्रेष्ठले खेलले मानिसलाई अनुशासित तथा गतिशिल बनाउने बताए ।
कार्यक्रममा नेपाल समाजवादी खेलकुद महासंघका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।