दैवको लाठी बुद्धिमा प्रहार !

सुरेन्द्रप्रसाद पौडयाल
संचार गृह/ शनिबार, साउन ४, २०७६

मान्छे कुनैबेला सपना समेत नदेखेको गाढा निद्रामा परेको हुन्छ । त्यो अवस्थामा शरीर लगायत इन्द्रिय मन बुद्धि कुनैले काम गरेको हुन्न । मतलव, संसारसंग उसको शरीरको सम्बन्ध छुटेको हुन्छ । यसैले सुतेको घर कोठा वा बाहिरी दुनियाँमा जहाँ जेसुकै हुँदै रहोस् उसलाई मतलव रहन्न । यसो हुनुमा मुख्य कारण त्यस अवस्थामा उसको मन बुद्धि इन्द्रिय आ–आफ्ना उत्पत्ति स्थानमा लय हुन पुग्नुले हो । मन बुद्धिसंगको उसको सम्बन्ध छुट्नुले हो । यसो भएतापनि त्यहाँ चेतनाले भने काम गरिराखेको हुन्छ । सोही चेतनाको आधारमै पछि निद्राबाट ब्यूँझेपछि आनन्दसाथ निदाएको अनुभूति उसमा हुने हो । यसबाट प्रष्ट हुन्छ शरीर इन्द्रिय मन बुद्धि आफै अस्तित्वमा आएर क्रियाशील हुने होइनन्, चेतनाको आधारमा क्रियाशिल हुन हुन् । यसबाट चेतनाको स्थान सर्वोपरी रहेकोमा शंका रहेन । त्यस्तो साराका सारा प्राणीको जीवन आधारको रुपमा रहेका चेतना जाग्ने मूल श्रोत चैतन्य हो । सोही चैतन्य तत्व नै परब्रह्म परमात्मा हुन् । परमात्मा चैतन्यस्वरुप भएकोले मान्छेकोझै उनको शरीर हुँदैन । तथापि मान्छेको बुद्धि प्रकाशित हुनमा आधार उही चैतन्य नै हो ।१

परमात्मा स्वयम् केही गर्दैनन् । किनकि उनी अकिृय
छन् ।३ सोही चैतन्यस्वरुप परमात्माको शक्तिपुञ्ज नै प्रकृति हो । अतः परमात्माबाट यो ब्रह्माण्ड जगतमा जे जति हुन्छ प्रकृति मार्फत् हुन्छ ।४ अनि मान्छेमा परमात्म तत्वको सम्बन्ध प्रकृतिमयरुपमा चेतना एवं बुद्धिमा पर्न जान्छ ।

अब यो प्रष्ट हुन्छ कि साराका सारा चेतनाको मूलश्रोत चैतन्य भएको हुनाले चैतन्यस्वरुप परमात्मामा जगतका यावत कुराको जानकारी हुने नै भयो । अतः उनी सर्वज्ञ हुन् ।२ ज्ञानस्वरुप हुन् । यस ब्रह्माण्ड जगतमा जे जति हुन्छ वा हुँदैन सवै उनकै चैतन्यशक्तिका आधारमा हुने हो । तथापि परमात्मा स्वयम् केही गर्दैनन् । किनकि उनी अकिृय
छन् ।३ सोही चैतन्यस्वरुप परमात्माको शक्तिपुञ्ज नै प्रकृति हो । अतः परमात्माबाट यो ब्रह्माण्ड जगतमा जे जति हुन्छ प्रकृति मार्फत् हुन्छ ।४ अनि मान्छेमा परमात्म तत्वको सम्बन्ध प्रकृतिमयरुपमा चेतना एवं बुद्धिमा पर्न जान्छ । त्यसैले परमात्माले कसैलाई केही गर्नको लागि गोठालाले हातमा लौरो लिएर पशु तह लगाएझैं गर्ने होइन । उनले त जोबाट जे जस्तो गर्नु गराउनु पर्छ सोही अनुरुपको बुद्धि दिने हो ।५ मतलव, दैवले हान्ने लाठी प्रहार नै बुद्धिमा पर्ने हो ।

त्यो प्रहारले बुद्धिमा राम्रो कुरा फुरेर पुरुषार्थतिर लान पनि सक्छ । कुबुद्धितर्फ धकेलिएर मतिहिन बनाई दुष्कर्मतर्फ उन्मुख गराउन पनि सक्छ । यसै भएर नै तुरुन्त फल पाइएन भनेर देवता र धर्ममा कुनै हालतमा पनि शंका गर्नु हुन्न ।६ अझ आफ्नो स्वार्थको लागि भाकल गरेर भगवान पुज्ने पनि प्रशस्त छन् । तर लाभहानी हेरेर धर्म गर्नु ठीक मानिन्न । मतलव, जो धर्मबाट तुरुन्त केही मिली हाल्छ कि भन्ने ठानेर धर्मको माध्यमबाट दुहुने इच्छा गर्छ त्यस्ताले कदापि धर्मबाट केही पाउँदैन । त्यसमा पनि धर्ममा शंका गर्ने त मूर्ख नै हो ।७ बरु सर्वनियन्ता, वरदायक एवं स्तुति गर्न योग्य उनै परम देवलाई तत्वबाट अनुभूतिमा उतारेर त्यसैमा मनको भाव स्थापित गर्न सके अविनाशी खालको शान्ति मिल्ने कुरामा शास्त्र ठोकुवै गर्छ । हुन पनि त प्राणीको प्रत्येक योनि योनिका अधिष्ठान उनै हुन् ।

धर्ममा शंका गर्ने त मूर्ख नै हो ।७ बरु सर्वनियन्ता, वरदायक एवं स्तुति गर्न योग्य उनै परम देवलाई तत्वबाट अनुभूतिमा उतारेर त्यसैमा मनको भाव स्थापित गर्न सके अविनाशी खालको शान्ति मिल्ने कुरामा शास्त्र ठोकुवै गर्छ ।

उनैमा यो सम्पूर्ण जगत प्रलयकालमा विलीन हुन्छ । अनि सृष्टि कालमा विविध रुपमा प्रकट पनि हुन्छ ।८ मतलव, साराका सारा उनैमा निहित छ । साराका सारा थेग्न व्यापक हुनै प¥यो । त्यसैले परमात्म सत्ता कुनै परिधिमा रहेको सिमित खालको होइन असिमित खालको व्यापक छ । यही व्यापकताको कारणले उनको विषयमा भलिभाँति बताउन सक्नेवाला कोही छैन । मतलव, मानव मनको सानो दायराले उसलाई कल्पनामा ल्याउन सक्ने कुरा होइन । उनका विषयमा जतिसुकै बोले पनि ती वाणीले उनको सम्पूर्णता संगेट्न सक्ने अवस्था रहन्न । तथापि जसले उनको अस्तित्वलाई स्वीकारेर आफैमा उनको अनुभूत गर्छन् त्यस्ता धीर साधक कुनै हालतमा पनि भय एवं शोकमा पर्दैन । शास्त्रले वताएको चुरो कुरा यही हो ।९

द्रष्टव्यः यो प्रस्तुति परमात्म ज्ञानसंग सम्बन्धित भएकोले सेयर गरेर ज्ञानका कुरा फैलाउनुमा कल्याण हुनेछ ।


सन्दर्भाधार:-
१–३ श्वेताश्वैतरोपनिषद् ४–श्रीमद्भगवद्गीता ५–७ माहाभारत ८– श्वेताश्वैतरोपनिषद् ९– तैत्तिरिय ब्रह्मानन्द