केन्याको डान्सबारबाट १२ जना नेपाली चेलीको उद्धार,परिबारलाई बुझाईयो

काठमाडौं
संचार गृह/ शुक्रबार, साउन ३, २०७६

बैदशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ जना नेपाली चेलीहरुको उद्धार गरिएको छ । केही समय अगाडी एक डान्समबारमा गरिएको छापामा उनीहरुलाई देह व्यापार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको थियो । पक्राउ परेका १२ जना नेपाली चेलीहरुको उद्धार गरी नेपाल ल्याएर आफन्तको जिम्मा लगाईएको नेपाल प्रहरीले जनाएको छ ।

ती चेलीहरु केन्यामा प्रक्राउ परेको भन्ने विभिन्न मिडियाबाट समाचार प्रकासित भएपछि नेपाल प्हरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले निरन्तर चासो राख्दै केन्यास्थित गैरआवसिय राजनितिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा अन्तराष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याईएको हो ।

उनीहरुलाई विभिन्न समयमा भारत हुँदै केन्या पुयाईएको खुलेको थियो । उनीहरुलाई केन्याको मुम्बासास्थित रंगगीता डान्सबारमा देह व्यापार गर्न बाध्य पारिएको थियो । जहाँ प्रहरीले छापा मापरेपछि प्रक्राउ गरिएको थियो ।

नेपालका चेलीहरु केन्यामा यौनदासी जस्ता शिर्षक दिएर अन्तराष्ट्रिय मिडियाहरुले समेत समाचार प्रकाशित गरेका थिए ।

ततपश्च्यात प्रक्राउ परेका उनीहरुलाई अन्तराष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रहोबारमा आफन्तसमक्ष जिम्मा लगाईएको हो ।

प्रहरीले रोजगारीको बहानामा वा अन्य कुनै बिषयमा मानव तस्करीको रुपमा नेपाली चेलीहरुलाई बिदेशमा यौन व्यवसायमा धकल्ने उक्त घटनाको प्रहरीले थप सक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।