जिम्बाबेमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले प्रतिबन्ध लगायो

संचार गृह/ शुक्रबार, साउन ३, २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो ।
क्रिकेट खेलमा सरकारी वा अन्य कुनैपनि प्रकारका राजनीतिक हस्तक्षेप स्विकार्य नहुने आईसीसीको तर्क छ । आईसीसीका अध्यक्ष सशांक मनोहरले खेलमा बाह्य हस्तक्षेप नरहेको प्रमाण पु¥याउन नसकेपछि जिम्बाबेलाई आईसीसी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए ।

उसले आईसीसीका कुनैपनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन भने आईसीसीबाट अन्तराष्ट्रिय सहायता समेत रोकिएको छ । प्रतिबन्धको पहिलो असर यही अक्टोबरमा हुने टि–ट््वेन्टी विश्वकप छनौटमा देखिनेछ । जिम्बाबेले अब उक्त प्रतियोगिता खेल्न पाउने छैन । जिम्बाबे सरकारले अघिल्लो महिना त्यहाँको क्रिकेट बोर्ड भंग गरी अन्तरिम कमिटि गठन गरेपछि आईसीसीले कारवाही गरेको हो ।