ट्युनेसियालाई हराउँदै अफ्रिका कपमा नाईजेरिया तेस्रो

काठमाडौं
संचार गृह/ बिहिबार, साउन २, २०७६

अफ्रिका कप अफ दी नेसन्सको तेस्रो स्थानका लागि भएको प्लेअफमा नाईजेरियाले ट्युनेसियालाई हराएको छ । जसमा ओडियन इग्लुले गरेको गोल निर्णायक बन्न पुग्यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत रहेका इग्लुले खेलको तेस्रो मिनेटमै गोल गर्दै नाईजेरियालाई तेस्रो स्थान दिलाए । इग्लुले प्रतियोगितामा सर्वाधिक ५ गोल गर्नसमेत सफल रहेका छन् ।

सेमिफाईनलमा पराजित दुवै टिम तेस्रो स्थानका लागि हुने प्रतियोगितामा भिडेका थिए ।

तीन पटकको विजेता नाईजेरियाले आठौं पटक तेस्रो स्थानमा रहन सफल रह्यो ।

सेनेगल पहिलो पटक प्रतियोगिताको उपाधिको नजिक छ । उसले सन् १९९० को विजेता अल्जेरियासंग शुक्रबार फाईनल खेल खेल्नेछ । एजेन्सी