विश्वकप छनोटको खेल तालिका आज आउँदै

संचार गृह/ बुधबार, साउन १, २०७६

आसन्न विश्वकप र एसियन कप फुटबलका लागि एसियाली समूहको दोस्रो चरणको छनोटका खेल तालिका आज सार्वजनिक हुँदैछ । एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालसँगै एसियाका ४० देशलाई ८ समूहमा विभाजन गरेर ड्र निकाल्न लागेको हो । मलेसियाको क्वालालम्पुरमा आज साँझ ड्र सार्वजनिक गरिनेछ ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि एसियाली महादेशको दोस्रो चरणको छनोट खेलहरु आगामी सेप्टेम्बर ५ देखि हुनेछ । राउण्ड रबिन लिगका आधारमा होम एन्ड अवे ढाँचामा खेल हुनेछन् ।

नेपाल एसियाको वरियतामा शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको हो । आज निकाल्ने ‘ड्र’ अनुसार हरेक समूहमा ५–५ टोली हुनेछन् । समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् ।

अन्तिम चरणबाट ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलील प्ले–अप्mमा प्रतिस्पर्धा गर्न पाउनेछ । यही ८ समूहका विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलमा पनि स्थान पक्का गर्नेछन् ।