अविता ढुंगानाको आवाजमा ”मोहनी लगायौ ” भिडियो सार्वजनिक

संचार गृह/ आइतवार, असार २९, २०७६

प्रियसी म्युजिक प्रा.लीको प्रस्तुतीमा गायक विश्वास पराजुली र सुवास तामाङ्ग र गायिका अविता ढुंगानाको आवाजमा रहेको लोकदोहोरी मोहनी लगायौ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमका भावहरुलाई गीतमा समेटिएको र आफनो मायालु सगैँ रहेर मनका भित्री भावहरुलाई पोख्नकालागि गायक निकै हतारिएको देखाइएको छ । छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना रहेको गीतको भिडियोमा मुकेश हुमागार्ईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशनमा रहेको छ ।