२०७५ साल चैत्र महिनाको राशिफल

पं. ज्यो. शहदेव कोईराला -फोनः ९८५१०८८५६१
संचार गृह/ आइतवार, चैत्र ३, २०७५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

चैत महिना केही खर्चिलो देखिए पनि महत्वपूर्ण काम प्रारम्भ गर्न सकिनेछ । सरकारी कामकाजमा व्यवधान र अलमल हुने देखिन्छ । समय र नियमलाई पालना नगर्दा व्यावहारिक समस्यासमेत देखा पर्नेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । तर, चुनौतीका साथसाथै यो महिनामा विभिन्न अवसर पनि प्राप्त हुनेछन् । आँटले काम बनाउन सकिनेछ । व्यवसायतर्फ नयाँ काम प्रारम्भ हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन संग्रह गर्न सकिनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ । केही खर्च लागे पनि देश–विदेश घुम्ने अवसर जुट्न सक्छ । काम र नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ । वादविवादमा भने अलि सजग रहनुहोला ।

 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

उठ्नुपर्ने रकम हातलागी हुनाले यो महिनामा पुरानो कर्जा चुक्ता गर्न सकिनेछ । नोकरीमा पदोन्नति र पेसा–व्यवसायमा समुन्नतिको समय छ । मार्ग चुनौतीपूर्ण देखिए पनि दैनिकीले उचाइको बाटो समाउनेछ । मेहनतले नाम र दाम दिलाउन सक्छ । विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ भने नयाँ ज्ञानको रहस्य उद्घाटन गर्न समर्थ भइनेछ । प्रयत्न गर्दा नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ । अल्पकालीन सोचाइले निर्णय कमजोर बनाउन सक्छ। सामूहिक काममा जस र अपजस दुवैको भागीदार बन्नुपर्ला । बलजफ्ती गर्ने बानीले व्यवहारमा समस्या निम्त्याउन सक्छ । काम खर्चिलो हुनेछ । शरीरमा चोटपटक लाग्ने योग देखिएकाले सावधान रहनुहोला ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

महिनाभरि विभिन्न अवसर प्राप्त हुनेछन् भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । व्यवसायमा उल्लेख्य प्रगति हुनाले आयआर्जनका स्रोत थपिनेछन् । तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ । कृषिउपज र पशुधनबाट मनग्गे फाइदा हुनेछ । अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ । नोकरीतर्फ विशेष स्थान प्राप्त हुनेछ । राजनीतिमा लाग्नेहरूलाई फाइदा हुने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । व्यवहारले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । घरमा मंगलमय कार्य सम्पादन हुनेछ । भौतिक साधनहरू पनि जुट्नेछन् तर खर्चको मात्रा भने बढ्नेछ ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आँटले काम लिँदा दिगो फाइदा उठाउन सकिनेछ । व्यवहारमा केही चुनौती देखिए पनि इच्छाशक्ति र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने शुभचिन्तकहरू सहयोगीका रूपमा देखापर्नेछन् । तर अधैर्य मनोवृत्तिले संघर्ष निम्त्याउन सक्छ । बलजफ्ती गर्दा सहयोगीहरू टाढिन सक्छन् । सजग रहनुहोला । पेसा–व्यवसायतर्फ नयाँ कामको थालनी हुनेछ । पुरानो कामलाई पनि उचाइमा पुर्याउन सकिनेछ । नोकरी र राजनीतिमा आफ्नो प्रभुत्व कायम हुनेछ । विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । केही समय अरूका लागि खट्नुपरे पनि पुरुषार्थद्वारा उपलब्धि प्राप्त हुनेछ ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यवहारमा केही पछि परिने समय रहेकाले सावधानीपूर्वक काममा जुट्नुपर्ला । संघर्षका बाबजुद थोरै उपलब्धि प्राप्त हुनेछ । व्यवसाय र आयमूलक काममा मन्दी आउनाले धेरै मिहिनेत गर्नुपर्ला । परिस्थितिवश आर्थिक अभाव देखापर्न सक्छ । खराब व्यक्तिको विश्वासमा पर्नाले धोका हुनेछ । अनीति र अन्यायको प्रहारले आत्मबल कमजोर हुन सक्छ । शुभचिन्तकहरू स्वयं कमजोर बन्ने हुँदा विवेकले काम लिनुपर्नेछ । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुहोला । शरीरमा चोटपटक तथा हाड–जोर्नीको समस्याले सताउन सक्छ । दोस्रो सातादेखि अप्ठ्यारो समयमा साथ दिनेहरू फेला पर्नेछन् । प्रयत्न गर्दा मित्रता र प्रेमको बन्धन कसिन सक्छ । रमाइलो यात्राको योग छ ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

महिना केही उतारचढावमय रहनेछ । केही अवसर आए पनि कामको विषयले वादविवाद निम्त्याउन सक्छ । रमाइला स्थानको भ्रमण भए पनि यात्रा कष्टपूर्ण रहनेछ । आफ्नो विषयक्षेत्रमा समेत कम योग्यता भएका व्यक्तिहरूको निर्णय पालना गर्नुपर्ने स्थिति रहनेछ । चोटपटक अथवा मौसमी समस्याले स्वास्थ्य कमजोर रहन सक्छ । आफ्ना काममा अरूले हस्तक्षेप गर्ने सम्भावना देखिएकाले विशेष योजना सार्वजनिक नगर्नुहोला । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । घरखर्च बढ्ने र व्यापारमा केही मन्दी आउने समय छ । प्रेममा असमझदारी बढ्नेछ भने मित्रजनको सद्भावबाट वञ्चित भइनेछ । जोखिमपूर्ण यात्रा र कार्यमा सदैव सजग रहनुहोला ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

काममा प्रतिस्पर्धा गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ । मिहिनेतले आर्थिक समस्या सुल्झाउनेछ । काममा सहयोगीले साथ दिनेछन् । विभिन्न अवसर जुट्नाले राम्रै प्रगति हुनेछ । शैक्षिक उपलब्धिले मानसम्मान दिलाउनेछ । प्रयत्न गर्दा देश–विदेशको भ्रमण गर्ने अवसर जुट्न सक्छ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । प्रेममा खटपटी आउन सक्छ । चोटपटकले स्वास्थ्य कमजोर रहन सक्छ, सजग रहनुहोला ।

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यदाकदा स्वास्थ्यमा कमजोरी देखिए पनि विभिन्न अवसर प्राप्त भइरहनेछन् । अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । आँटेका काममा शुभचिन्तकहरूको साथ जुट्नेछ । टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ । गुरुजन र मातापिताको प्रेरणाले मन दह्रो हुनुका साथै काममा हौसला प्राप्त हुनेछ । नोकरी तथा पेसा–व्यवसायमा मनग्गे फाइदा हुनेछ । बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनतर्फ राम्रो नतिजा हासिल गर्न सकिनेछ । मिहिनेतले आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पुनः प्रारम्भ हुनेछन् । क्षमता प्रदर्शन गरेरै लक्ष्यमा पुग्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अवसरका लागि विभिन्न चुनौतीसँग जुध्नुपर्ला । उच्च महत्वाकांक्षाले प्रश्रय पाउने हुँदा व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ । घरपरिवारमा पनि असमझदारी बढ्न सक्छ । असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने बुद्धि–विवेकले काम लिँदा प्रशस्त फाइदा हुनेछ । साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ । लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन् । कृषितर्फ दिगो फाइदा हुने काम थालनी हुनेछ । सीप र लेखन कलामा निखारता आउनेछ भने अध्ययनमा प्रगति हुनेछ । मित्रता र प्रेमको बन्धन कसिने समय छ । साझेदारीमा मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सुरुमा केही चुनौतीसँग जुध्नुपरे पनि यो महिना निकै लाभदायक रहनेछ । रोकिएका काम सम्पादन हुनेछन् । उद्योग–धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ । अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्तवाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ । कर्मयोगले प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । नोकरीमा प्रवेश तथा पदोन्नति हुन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर प्राप्त गर्न सकिनेछ । प्रयत्न गर्दा दीर्घकालीन योजना कार्यान्वयन हुन सक्छ। देश–विदेशको यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । मनमिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने बलियो सम्भावना देखिन्छ । अध्ययन र लेखनमा प्रगति हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

केही विवादास्पद काममा जुट्नुपरे पनि व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । बौद्धिक सफलताले उत्साह जगाउनेछ । प्रयत्न गर्दा अभीष्ट पूरा हुन सक्छ । प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने मौका छ । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । स्वास्थ्यमा भने टाउको र आँखाको समस्याले सताउन सक्छ । दोस्रो सातापछि परिवारजनमा केही असमझदारी बढ्नेछ भने उच्च महत्त्वाकांक्षाले पनि समस्या निम्त्याउन सक्छ । अंशीयारबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग रहेकाले काममा सजग रहनुहोला ।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कामको चाप बढ्नाले जीवनशैली व्यस्त रहनेछ । संघर्षको यात्रामा साथ दिनेहरू कमै भेटिनेछन् । अरूको भरपर्दा काम अधुरै रहनेछ । परिस्थितिवश केही कठोर निर्णय लिनुपर्ने हुन सक्छ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । साथीभाइ र आफन्तसँग असमझदारी बढ्न सक्छ । साइनो गाँस्दै फाइदा उठाउनेहरू स्वतः पछि हट्नेछन् । लगनशीलताले प्रगतिको मार्ग अवलम्बन गर्नेछ । राजनीति र नोकरीमा लाग्नेहरूलाई राम्रो पृष्ठभूमि तयार पार्ने समय छ । अर्थ अभावको स्थितिबाट जोगिन आम्दानी र खर्चको सन्तुलन मिलाउने चेष्टा गर्नुहोला । ज्वरो, टाउको दुखाइ वा आँखाको समस्या देखिन सक्छ । स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान पुर्याउनुहोला ।