२०७५ साल फागुन महिनाको राशिफल

पं. ज्यो. शहदेव कोईराला -फोनः ९८५१०८८५६१
संचार गृह/ बिहिबार, फाल्गुन २, २०७५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

टाउको वा आँखासम्बन्धी समस्याले सताउने हुँदा चिताएको काममा व्यवधान आइपर्न सक्छ । अवसरका लागि अलि दौडधुप गर्नुपर्नेछ। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले आर्थिक कारोबारमा सचेत रहनुहोला। सदाचारीहरूलाई भने फाइदै हुनेछ । दोस्रो सातादेखि स्थितिमा सुधार आउनुका साथै सामाजिक प्रतिष्ठा पाइनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान(सम्मान समेत दिलाउनेछ । स्वास्थ्यमा केही समस्या देखिए पनि काममा जोस–जाँगर बढ्नेछ। महिनाभरि शुभचिन्तकहरूले साथ दिनेछन्। वस्त्र, भोजन तथा उपहारद्वारा सम्मानित भइनेछ । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुने समय छ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ । अभिव्यक्ति कलामा निखारता आउनुका साथै लेखनतर्फ रुचि बढ्नेछ । लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। भोगविलासमा मन रमाउनेछ । खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ । तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले समस्या पर्नेछ । उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ ।
मेष राशीको आर्थिक जीवन
यो समय आर्थिक मामिलाको लागि एकदम राम्रो समय साबित हुन सक्छ। जीवनसाथीको नामबाट हालै सुरु गरेको कुनै पनि व्यापार वा लगानीले तपाईलाई राम्रो फाइदा दिनेछ। अचल सम्पत्ति, पहिरन आदि माध्यम मा राम्रो पैसा कमाउने अवसरहरू छन्। घर(जग्गा सम्बन्धि कार्य, होटल–रेस्टुरेन्ट, आगो संग सम्बन्धित कार्य, छापाखाना, ट्राभल संग सम्बन्धित काम, कपडा(गार्मेन्ट, आयात निर्यात, खाद्य सामग्रीसँग सम्बन्धित व्यापारले उच्च प्रतिफल दिनेछ । यस समयमा यदि तपाईं स्टक बजार वा चिठ्ठा सम्बन्धित कार्य गर्नुहुदैछ भने तपाइँले धेरै पैसा कमाउन सक्नुहुन्छ। सरकारी क्षेत्रबाट राम्रो लाभको सम्भावना छ। ब्यापारमा तपाइँले नयाँ अर्डर वा नायाँ कन्ट्रयाक समेत गर्न सक्नुहुनेछ। साथै, तपाईंले डुबेको धन रामेत फिर्ता पाउन सक्नुहुन्छ।
मेष राशीको स्वास्थ्य जीवन

यो महिना तपाइको स्वास्थ्य राम्रो रहनेछ । तपाईं उत्साह र उमंगले भरिपुर्ण हुनुहुनेछ। टाढाको साथीसंग समय बिताउने अवसर प्राप्त हुनेछ। स्वास्थ्य र मानसिक शान्तिको लागि व्यायाम गर्नु पर्नेछ। गर्भवती महिलाहरूले धेरै सावधान हुनुपर्नेछ। यसका साथै, सुगरका बिरामीले पनि आहारमा धेरै सावधान हुनुपर्छ। यदि तपाईंलाइ मधुमेह छैन भने पनि यस महिना स्वास्थ्यको राम्रो हेरचाह गर्नु पर्छ अन्यथा सुगर सम्बन्धि समस्या हुन सक्छ।
मेष राशी वैवाहिक जीवन र प्रेम

दाम्पत्य जीवनको लागि यो समय धेरै राम्रो हुन सक्छ। यस अवधिमा, तपाईंको जीवनसाथीले धेरै बुद्धिमानी र समझदारी व्यवहार देखाउनेछन । जसका कारण तपाइको खुसीमा वृद्धि हुनेछ । प्रेम जीवनको लागि भने यो समय अलि तनावपूर्ण हुन सक्छ, तर कुनै ठूलो समस्या उत्पन्न हुनेछैन। तपाईंको व्यक्तित्वबाट अरु प्रभावित हुनेछन र विपरीत लिंगीहरू तपाईंसंग प्रेम गर्ने उत्सुक हुनेछन। प्रेमीहरू बीच भेटघाट र गफगाफ बढ्नेछ। तपाईं प्रकृतिको सौन्दर्य हेर्नको लागि कुनै सुन्दर ठाउँ जान सक्नुहुन्छ। केहि व्यक्तिलाई आफ्नो प्रेमी संग भेट्ने मौका नमिल्ना सक्छ तर तपाईं संचार को माध्यमबाट लगातार संपर्क मा रहन सक्नु हुनेछ।
मेष राशी उपाय र समाधान

गरिबलाई मिठो खानेकुरा वाढ्नु तपाइँकोलागी लाभदायक हुनेछ।

 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रारम्भमा मानसिक तनाव एवं टाउको वा आँखाको समस्याले सताउन सक्छ। गृहस्थी अशान्त रहनेछ भने घरखर्चले ऋणभार बढाउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा अवसर गुम्ने डरले सताउन सक्छ। आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। तापनि, लगनशीलता एवं बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। साझेदारसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन। उत्तम वस्त्र, भोजन र विशेष उपहारले आनन्द दिलाउनेछ। कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। केही साथीभाइ टाढिनेछन् भने प्रेम सम्बन्धमा पनि असमझदारी बढ्न सक्छ। अस्थायी पेसाबाट फाइदा उठाउन सकिनेछ। यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। कामका लागि निकै दौडधुप र खर्च गर्नुपर्ने हुन सक्छ। सरकारी निकायबाट हुने ढिलासुस्तीको सिकार भइनेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अप्ठ्यारो समयमा पनि शुभचिन्तकहरूले साथ दिनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कृषि, पशुधनबाट यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। प्रयत्न गर्दा विदेश जाने अवसर जुट्नेछ। अचल सम्पत्तिले उब्जाएको विवाद सम्झौतामा टुंगिनेछ। स्वास्थ्यमा केही कमजोरी र चोटपटकको योग रहेकाले सजग रहनुहोला। अर्थ अभावले पनि सताउन सक्छ।
वृष राशीको आर्थिक जीवन

यो महिना पैसा कमाउनको लागि अनुकूल समय छ । यदि तपाईं नयाँ व्यापारमा लगानी गर्न सोच्दै हुनुहुन्छ भने यो उपयुक्त समय हुनसक्छ । व्यवसाय बढ्नाले तपाईंको आय वृद्धि हुनेछ। नयाँ उद्यम वा व्यवसायमा सामेल हुने मौका पाउनेछ। कामको स्थिति अझ राम्रो हुनेछ। एक वरिष्ठ अधिकारीको सहयोगले तपाईंले आफ्नो रोकिएको प्रमोशन प्राप्त गर्न सक्नुहुनेछ। तपाईं आफ्नो बौद्धिक क्षमताबाट पैसा कमाउन सफल हुनेछ। तपाईं साझेदारी व्यवसायमा धेरै मजा लिनुहुन्न। राहु तेस्रो घरमा रहेकोले ठूलो सफलता र पैसा दिन सक्छ। जो विदेशी कम्पनीहरूमा रोजगारी गरिएका छन् यस अवधिमा धेरै पैसा कमाउन सक्छन।
वृष राशीको स्वास्थ्य जीवन

तपाईंको स्वास्थ्य यस समयमा राम्रो हुन सम्भव छ। उच्च स्तरको मनोबलको कारण तपाईंको कामको गति छिटो हुनेछ। तपाईंमा उत्साह र स्फूर्ति जाग्नेछ । सामान्य बिरामीले तपाइको काममा कुनै असर गर्दैन । तपाईंको सकारात्मक सोच र रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। तपाईंमा अधिक साहस बढ्नेछ जसका कारण जोखिमपूर्ण काम गर्न मन लाग्नेछ जोखिमयुक्त कामबाट बच्नुहोला किनकि चोटपटक लाग्ने संभावना छ।
वृष राशीको प्रेम र वैवाहिक जीवन

दाम्पत्य जीवन धेरै आनन्दित हुनेछ। जीवनसाथीको स्वभावमा तपाईंले ईमानदारी अनुभव गर्नुहुनेछ। तपाईंसँग उनको लगाव हरेक दिन बढ्नेछ। प्रेमको बारेमा कुरा यस अवधिमा तपाईं एक विशेष व्यक्ति प्रति आकर्षित हुन सक्नुहुनेछ। यदि कसैसंग प्रेम गर्दै हुनुहुन्छ भने यो समय प्रेम प्रस्ताव राख्ने उत्तम समय हुनसक्छ । केही व्यक्तिलाइ भने उनीहरूको प्रेमी वा प्रेमिकासँग समस्या हुन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न होला ।
वृष राशीको हेरचाह र उपचार

सेतो फूलहरू पानीमा बगाउनाले तपाईंको लागि लाभदायक हुनेछ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भैपरी आउने समस्याले कार्ययोजना स्थगित हुन सक्छ। खुट्टामा चोटपटकको योग देखिएकाले सवारी तथा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला। खर्च बढे पनि कर्मयोग सबल रहनाले सामान्य आम्दानी भइरहनेछ। चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ। ढिलासुस्तीले केही पछि परिनेछ भने सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। मिहिनेत गर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। पहिलेको कामबाट राम्रो दाम प्राप्त हुनेछ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ। ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्। विभिन्न अवसर जुट्नाले यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मानका साथ मनग्गे धनलाभ हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। व्यवसायले नयाँ गति लिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर पारिवारिक असमझदारीले केही समस्या निम्त्याउनेछ। अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला।
मिथुन राशीको आर्थिक जीवन

घर जग्गा सम्बन्धि कारोबार गर्ने व्यक्तिहरुलाई यो महिना सोचेभन्दा ज्यादा फाइदा प्राप्त गर्ने संकेत छ । आर्थिक समस्याहरू समाप्त भएर जानेछ र पुरानो उधारो पैसा फिर्ता हुने सम्भावना छ । जागिरे हरुको लागो राम्रो बातावरण सिर्जना हुनेछ । उच्च व्यक्तिको कृपा तपाईंमा रहनेछ। उच्च श्रेणी र पदोन्नति आदिले तपाईंको आर्थिक स्थिति सुधार हुनेछ । शेयर बजारमा दीर्घकालीन लगानी गर्दा सतर्कता अपनाउन आवश्यक छ। अचानक आएको प्रस्तावले तपाईलाई धेरै फाइदा दिन सक्छ । आर्थिक ब्यबस्थापनका लागि गरिएको यात्रा तपाईंको लागि लाभदायक हुनेछ। व्यवसायमा प्रतियोगीहरूलाई हराउँदै तपाईंले राम्रो पैसा कमाउनुहुनेछ। सरकारी विभागहरू, बैंकिङ, कला, थिएटर, आयात निर्यात क्षेत्रमा काम गर्ने मानिसहरूले धेरै आर्थिक फाइदा उठाउने संकेत छ।
मिथुन राशीको स्वास्थ्य जीवन

यो महिना स्वास्थ्यको लागि राम्रो समय हुन सक्छ। तपाईं धेरै ऊर्जावान हुनुहुनेछ । तपाईले कार्यक्षेत्रमा कडा मेहनत गर्नुपर्नेछ। तपाईंले भौतिक सुख सुबिधाको भरपुर फाइदा उठाउन सक्नुहुनेछ। केहि मान्छेमा हड्डिको दुखाइ मांसपेशि, दाँत वा काधको दुखाइ आदि देखिन सक्छ । कामको साथसाथै आरामलाई पनि मूल्य दिनुहोला । यस समय तपाईं कतै घुम्न जान सक्नुहुनेछ जसले मूड ताजा राख्ने छ । तपाईंको मन कसरत, योग र ध्यानमा आकर्षित हुनेछ। यसले तपाईंमा नयाँ शक्ति संचय गर्नेछ।
मिथुन राशीको वैवाहिक जीवन र प्रेम

वैवाहिक जोडीको लागि यो समय धेरै उत्कृष्ट हुन सक्छ। तपाईं मायालु वा सहयोगी जीवनसाथीको आशा गर्न सक्नुहुनेछ। तपाईं दुवैबीचको प्रेम दिनप्रतिदिन बढेर जानेछ । प्रेम जीवनमा नया साथी आउन सक्छ । तपाईं प्रेमीको लागि पर्याप्त समय दिन सफल हुनुहुनेछ। कुनै बिदेशी व्यक्तिसंग तपाइको घनिष्टता बढ्न सक्छ । तपाईंको प्रेम सम्बन्ध विवाह सूत्रमा परिवर्तन हुन सक्छ। परिवारको सहमतिमा विवाह गर्न चाहनुहुन्छ भने महिनाको मध्यसम्म प्रतिक्षा गर्नु पर्ने हुन सक्छ । यस समयमा कुनै पनि मित्रताले प्रेमको रुप लिन सक्छ।
मिथुन राशीको उपाय र समाधान

विष्णु वा दुर्गा जी को मन्दिर मा कांसको भाँडा दान गर्नु तपाइको लागि सबै भन्दा राम्रो हुनेछ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विभिन्न अवसरले पछ्याउनेछन्। खुसीको समाचार सुन्न पाइनेछ। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। नयाँ सवारीसाधन तथा मनपर्ने भौतिक साधन प्राप्त हुनेछ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने ग्रहयोग छ। भोगविलासका सामानसमेत प्राप्त हुनेछन्। सूर्यको अनुकूलताले महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। तर, अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ।
कर्कट राशीको आर्थिक जीवन

यो महिना तपाईंको आर्थिक स्थिति राम्रो हुने सम्भावना छ। तथापि, सुरुमा तपाईंले फाइदाको साथसाथै खर्चको समेत सामना गर्नुपर्ने हुन सक्छ। तर महिनाको बीचमा, तपाईंको लागि आर्थिक जोहो गर्ने मौका छ । तपाईंका धेरै योजना पूरा हुनेछन । यस समयमा तपाईसँग परिवारबाट केहि पैसा वा समर्थन प्राप्त हुन सक्छ। जीवनसाथीको सहयोगले तपाईको वित्तीय परिस्थितिलाई सुदृढ बनाउन मद्दत पुर्याउनेछ। तपाईं आफ्नो घरको सजावट मा केहि पैसा खर्च गर्न सक्नुहुन्छ। तपाईंले बुबाको सहयोगमा राम्रो पैसा कमाउन सक्नुहुन्छ। अथवा तिनीहरूबाट तपाईं वित्तीय सहायता पाउन सक्नुहुनेछ।
कर्कट राशीको स्वास्थ्य जीवन

तपाईंको स्वास्थ्य यो महिना सामान्य रहनेछ । तपाईंमा मानसिक छटपटी हुन सक्छ । तपाईं मानसिक तनावमा गुज्रन सक्नुहुन्छ। तपाईंको कार्यक्षमता पनि प्रभावित हुन सक्छ। यस समयमा तपाई हड्बडाहटमा काम नगर्नुहोला। एक सानो लापरवाही गर्दा, ड्राइभिङ वा मशीनरी उपकरण बाट चोट लाग्न सक्छ। तपाईले शरीरमा ऊर्जाको कमी महसुस गर्नुहुन्छ। तपाईं भागदौडबाट छुट्टी लिएर एक मनोरम स्थानमा यात्रा गर्नाले मनको शान्ति प्राप्त गर्न सक्नुहुन्छ।
कर्कट राशीको प्रेम र वैवाहिक जीवन

यस समयमा तपाईंको बैबाहिक जीवन तनावपूर्ण हुन सक्छ । प्रेम र मीठो बाणी प्रयोग गर्नाले तपाईं आफ्नो सम्बन्धलाई सुमधुर बनाउन सक्नुहुन्छ। यो महिना प्रेम जोडीले एकअर्कासँग कुराकानी गर्ने अवसर कम प्राप्त गर्नेछन । प्रयास गरेर पनि सफलता हात नलाग्नाले प्रेमी संग भेट्न र कुराकानी गर्न आतुर हुनुहुनेछ । तपाईंको सम्बन्ध टिकाइ राख्न कुनै मित्र को विशेष भूमिका हुनेछ। प्रेमीसँग ज्यादा झगडा गर्नु घाटा हुन सक्छ । विवाह गर्न चाहने जोडीकोलागि यो उचित समय हुन सक्छ ।
कर्कट राशीको हेरचाह र उपचार

चामल वा चाँदी आमा समान महिला संग लिएर राख्नाले लाभदायक हुनेछ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कीर्तिमानी कामले प्रतिष्ठा दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। केही संघर्ष गर्नुपरे पनि अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। अर्थ अभावले सताए पनि गृहस्थी सुखद रहनेछ।
सिंह राशीको आर्थिक जीवन

यस समयमा तपाईले आर्थिक मामिलामा विशेष लाभहरू प्राप्त गर्न सक्नु हुनेछ । महिनाको सुरुमा, तपाईंले पैसा कमाउन धेरै अवसर पाउनुहुनेछ। तपाईंले ब्यापारमा राम्रो फाइदा कमाउन सक्नु हुनेछ । व्यापारको लागि लामो दूरीको यात्रा लाभदायक हुन सक्छ । पैसा कमाउन तपाइले धेरै भागदौड गर्नु पर्नेछ तर अपेक्षित नतिजाहरूको कारणले तपाइँ सन्तुष्ट हुनुहुनेछ। सरकारी क्षेत्रहरूबाट फाइदा हुन सक्छ । सेवा क्षेत्रमा लागेका व्यक्तिलाई मान(सम्मान र ऐस्वार्य प्राप्त हुन सक्छन्। शेयर बजार, व्यापार जस्तै क्षेत्रमा लगानी गर्नेले राम्रो लाभ प्राप्त गर्न सक्छन्।
सिंह राशीको स्वास्थ्य जीवन

यो महिना स्वास्थ्य सामान्य रहनेछ । तपाईं आफ्नो कार्यक्षेत्रमा कडा मेहनत गर्नुहुनेछ। स्थितियो महिना तपाईलाई अत्यधिक रिस र चिन्ता दिन सक्छ। सकेसम्म शान्त रहन प्रयास गर्नुहोस्। आध्यात्मिक गतिविधिहरूमा संलग्नता तपाईंका लागि लाभदायक हुनेछ। दैनिक संघर्ष र मानसिक तनावबाट टाढा रहनुहोस। मौसमी रोगहरूबाट बच्ने प्रयास गर्नु होला । ड्राइभ गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ।
सिंह राशीको वैवाहिक जीवन र प्रेम

दाम्पत्य जोडीको लागि यो समय राम्रो हुने छ। जीवनसाथीसंग तपाईंको सम्बन्ध धेरै राम्रो हुनेछ। यस अवधिमा तपाईंले उनिहरुसंग घुमफिर गर्ने प्रसस्त अवसर पाउनुहुनेछ। तपाईं आफ्नो पार्टनरसँग लामो भ्रमणमा जान सक्नुहुन्छ। यो महिना प्रेम जीवनको लागि अनुकूल हुनेछ। तपाईं संचारको विभिन्न माध्यमबाट प्रेमीसँग निरन्तर संवाद कायम राख्नुहुनेछ। आफ्नो प्रेमीलाई भेट्ने अने गफगाफ गर्ने इच्छा जाग्नेछ । पारिवारिक बिपरितलिंगी व्यक्तिप्रतिको सम्बन्धमा घनिष्ठता बढ्न सक्छ। तपाईं प्रकृतिको सौन्दर्य दर्शनको लागि आफ्नो प्रेमीसँग सुन्दर ठाउँ जान सक्नुहुन्छ।
सिंह राशीको उपाय र समाधान

सूर्यलाई बिहान रातो फूल अर्पण गर्नाले तपाईलाई लाभदायक रहनेछ ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समय लागे पनि मिहिनेत गर्दा लक्ष्यमा पुग्न सकिनेछ। नयाँ व्यवसाय प्रारम्भ हुन सक्छ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले विशेष काम बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ। केही थकान, आलस्य र अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। संघर्षमय परिस्थिति पार गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसाय र नियमित काममा पनि बाधा पुग्न सक्छ। चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने समय छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। शुभचिन्तकहरूको सहयोगले मात्र अप्ठ्यारो स्थिति पार लगाउन सफल भइनेछ।
कन्या राशीको आर्थिक जीवन

यो महिना आर्थिक हिसाबले उत्कृष्ट समय मानिन्छ । यस अवधिमा तपाईंको सम्पत्ति सम्बन्धित सोच र योजनाहरूमा सकारात्मक परिवर्तनहरूको सम्भावना छ। आफ्नो वित्तीय स्थिति बलियो बनाउन तपाईं महत्वाकांक्षी बन्न सक्नुहुनेछ । तपाईंको बुद्धि र चतुरताले प्रतिद्वन्दीलाइ परास्त गर्न सफल हुनुहुनेछ। जागिरे भन्दा व्यापार व्यवसाय गर्ने व्यक्तिले बढी लाभ उठाउन सक्ने छन् । भूमि(घर, सञ्चार, कला, सुन्दरता, कपडा, पानी, होटल(रेस्टुरेन्ट आदिमा काम गरिरहेका मानिसहरूलाइ ठूलो सफलता हात लग्न सक्छ ।
कन्या राशीको स्वास्थ्य जीवन

यो अवधिमा तपाइको स्वास्थ्य राम्रो रहनेछ । आँखा र छालाको समस्या देखा पर्न सक्छ । खानपिनमा विशेष हेरविचार गर्नुहोस्। आँखाको जाँच गर्नु राम्रो हुनेछ। तपाईंले पछिल्लो स्वास्थ्य समस्याहरु बाट विशेष राहत प्राप्त गर्नुहुनेछ । तपाईमा एक संवेदनशील प्रवृत्ति भएका कारण तपाईं चाँडै साना कुराबाट दुखि हुनुहुनेछ। यदि तपाइँ सवारी चलाउनुहुन्छ भने, यो अवधिमा गति नियन्त्रण गरेर सवारी चलाउदा तपाईंको लागि उत्तम हुनेछ।
कन्या राशीको प्रेम र वैवाहिक जीवन

महिनाको सुरुमा तपाईं रोमान्टिक मूडमा हुनुहुनेछ । तर उग्रता नदेखाउनुहोस्, मर्या्दित बनेर रमाइलो गर्दा भरपुर मनोरंजन प्राप्त हुन सक्छ । तपाईंले आफ्नो जीवनसाथीको साथ जीवनको आनन्द उठाउने राम्रो अवसर पाउनुहुनेछ। यो समय ती व्यक्तिहरूको लागि केहि विशेष हुने छ जसले आफ्नै सहकर्मी संग प्रम गरेको छ र आफ्नो प्रेमीसँग बढी समय बिताउनुहुनेछ। यदि तपाईं आफ्नो प्रेमीबाट टाढा हुनुहुन्छ भने, तपाईं फोन, इमेल, कुराकानी मार्फत एक(अर्कासँग सम्पर्कमा रहन सक्नुहुन्छ। महिनाको अन्त्यमा प्रेम सम्बन्ध अझ नजिकिन सक्छ ।
कन्या राशीको हेरविचार र उपचार

भगवानमा विश्वास राख्नुस, सत्सङ गर्नु र मानसिक हिंसाबाट बच्नु तपाईंको लागि उत्तम हुनेछ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

काममा अरूको हस्तक्षेप हुने सम्भावना देखिन्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला। महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। कब्जियत र ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चिताएका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव भने कमजोर रहनेछ। पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थी सामान्य रहनेछ। तापनि समग्रमा यो महिना शुभफलदायी रहनेछ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला।
तुला राशीको आर्थिक जीवन

यस अवधिमा, तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ। तपाईंले सजिलै धेरै पैसा कमाउन सक्नुहुनेछ । आय वृद्धि गर्न विभिन्न प्रयास गर्न सक्नुहुन्छ र ति प्रयास सफल पनि हुनेछ। विदेशी धन प्राप्त हुने संकेत छ । व्यापारीले यस अवधिमा ठूलो सफलता हात पर्नेछन । जो व्यक्ति कला, अभिनय, डिजाइन, फैशन, वास्तुकार, कस्मेटिक, आदि संग सम्बन्धित क्षेत्रमा छन्का उनीहरुलाइ धेरै आर्थिक लाभ हुनेछ ।
तुला राशीको स्वास्थ्य जीवन

तपाईंको स्वास्थ्य यो महिना राम्रो हुनेछ। धेरै उर्जावान र सक्रिय हुने समय छ । तपाईं आत्मविश्वास र साहसी हुनुहुनेछ। तथापि, केहि मान्छेमा टाउको दुखाइको समस्या हुन सक्छ। तपाईंले यस अवधिमा छाला सम्बन्धि रोग संग सावधान रहनुपर्छ। निमको पात पानीमा उमालेर नुहाउनाले लाभदायक रहनेछ । हृदय रोगसँग सम्बन्धित व्यक्तिले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। औषधिको नियमित प्रयोग गर्ने र बिहान हिँड्ने गर्नाले तपाईंको स्वास्थ्यलाई सुधार आउन सक्छ।
तुला राशीको वैवाहिक जीवन र प्रेम

यो अवधि दाम्पत्य जीवनको लागि राम्रो समय छ। तपाईंहरु बीचको प्रेम दिनदिनै बढ्नेछ। प्रेम जीवन उत्तम हुन सक्छ। यो समय नयाँ सम्बन्ध र साथीहरू बनाउन सबै भन्दा राम्रो हुनेछ। तपाईंको नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्छ । विपरीत लिंगी मानिसहरू तपाईंतिर आकर्षित हुन सक्छन्। कुनै पनि प्रिय साथीले यस अवधिमा तपाईंलाइ प्रेम प्रस्ताब राख्न सक्छ। ती व्यक्ति जसले आफ्नो प्रेम सम्बन्धलाइ बिबाहमा परिणत गर्ने सोचिरहेका छन् उनीहरुले सफलता प्राप्त गर्न सक्छन्।
तुला राशीको उपाय र समाधान

पन्चकन्यालाइ भोजन गराउनाले लाभदायक हुनेछ।

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अरूको भरपर्दा काम बिग्रन सक्छ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। बलजफ्तीले काममा बाधा हुन सक्छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। तापनि सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउन सक्छ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। महिना विशेष फलदायी रहनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। विभिन्न अवसर प्राप्त हुनेछन्। वर्र्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साझेदारीमा केही विवाद आउन सक्छ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला।
वृश्चिक राशीको आर्थिक जीवन

तपाईंले यो महिना आर्थिक पाटोमा ठूलो सफलता प्राप्त गर्न सक्नुहुनेछ। तर आम्दानीको साथसाथै खर्च पनि बढ्ने सम्भावना छ। यस समयमा तपाईले आयआर्जनको धेरै स्रोतहरू पाउनुहुनेछ। यो महिना तपाईंको लागि पैसा प्राप्त गर्ने कडी महिना पनि हो। यदि तपाईं सेयर मार्केटमा लगानी गर्नुहुन्छ भने बुद्धिमानी तरिकाले लगानी गर्नु तपाईंको लागि लाभदायक हुन सक्छ। व्यवसायीहरूको लागि पनि यो समय ज्यादै पैसा कमाउने योग छ । घर जग्गा संग सम्बन्धि ब्यबसाय गर्ने व्यक्तिले पनि अत्यधिक लाभ उठाउन सक्छन ।
वृश्चिक राशीको स्वास्थ्य जीवन

स्वास्थ्यको लागि, यो समय तपाईंको लागि उत्कृष्ट हुने छ। तपाईंको आत्माविश्वास बढ्नेछ र तपाईंभित्र ताजापन महसुस हुनेछ। तपाईंले आफु भित्र जीवन सक्तिको प्रबाह महसुस गर्नुहुन्छ। यस महिना तपाइले धेरै काम गर्नुपर्ने हुनसक्छ । संयम रहेर अघि बढ्नु होला जसले तपाईंको स्वास्थ्यमा कुनै प्रतिकूल प्रभाव नपारोस । योग र व्यायाम गर्नाले तपाईंको स्वास्थ्य धेरै राम्रो हुनेछ । केही व्यक्तिहरूले खुट्टामा दुखाइको अनुभव गर्न सक्छन्।
वृश्चिक राशीको प्रेम र वैवाहिक जीवन

यो समय दाम्पत्य जीवन सुभारम्भ गर्न अत्यन्त उत्तम समय हो। यस समयमा तपाईंले भाग्यको पूर्ण समर्थन पाउनुहुनेछ। यस समयमा तपाईले आफ्नो जीवनसाथीको पूर्ण सहयोग र समर्थन पाउनुहुनेछ। प्रेम जोडीको लागि यो समय सुनौलो मौका लिएर आउने सम्भावना छ । यदि तपाईं प्रेममा हुनुहुन्न भने कसैले तपाईंलाई प्रेम प्रस्ताव गर्न सक्छ। तपाईंको लगाव प्रेमीमा अत्यधिक वृद्धि हुनेछ । यस अवधिमा, तपाईं एकदम आकर्षक बन्नुहुनेछ, जसका कारण मानिसहरु तपाइँप्रती आकर्षित हुनेछन । तपाईंसँग एक भन्दा बढी प्रेम सम्बन्ध गासिन सक्छ तर ध्यान राख्नुस एकै समय दुई डुंगामा सवारी गर्दाको अवस्था खतरनाक हुन सक्छ ।
वृश्चिक को हेरचाह र उपचार

रातो चुरा वा रातो कपडा स्त्रीलाई दान दिनु तपाइको लागि शुभ हुनेछ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। प्रतिष्ठाको संघर्षमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। मित्रताको बन्धन कसिलो हुनेछ भने प्रेमले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। केही कष्टसाध्य यात्रा गर्नुपरे पनि लक्ष्य प्राप्त हुनेछ। तर, ढिलासुस्ती गर्नाले आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। ठगीमा परिने सम्भावना देखिएकाले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। मेहनत गर्दा विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले आँटेका काममा केही विलम्ब हुनेछ। तापनि शुभचिन्तकहरूको साथ जुट्नाले फाइदा उठाउन सकिनेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्ना कमजोरीमाथि गुनासो बढ्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।
धनु राशीको आर्थिक जीवन

यो समय व्यापार फाइदाजनक रहनेछ । यस अवधिमा पैसा कमाउन धेरै स्रोतहरू प्राप्त गर्न सक्नुहुन्छ। आर्थिक परिस्थितिलाई बलियो बनाउन तपाईंले गरेको कडा मेहेनत सफल हुनेछ। तपाइँ आफ्नो कार्यक्षेत्रमा ठूलो प्रगति गर्नुहुनेछ। रोजगारीमा संलग्न व्यक्तिहरूले पदोन्नतिको साथसाथै उच्च स्थान पनि पाउन सक्छन्। वित्त, बैंकिंग, मिडिया, कला, थियेटर, संगीत, पर्यटन, मार्के्टिंग आदि क्षेत्रमा सम्बद्ध व्यक्तिहरूले राम्रो परिणाम पाउन सक्छन्। व्यापारमा ठूलो दाइको सहयोगले तपाईंलाई आर्थिक लाभ प्रदान गर्न सक्छ। तपाईं पैसा कमाउन आफ्नो लामो यात्रा गर्न सक्नुहुन्छ।
धनु राशीको स्वास्थ्य जीवन

तपाईंको यो महिना उत्साहपूर्ण हुनेछ। तपाईंले आफ्नो दैनिक गतिविधिमा प्रगतिको अनुभव गर्नुहुनेछ। घरमा कुनै सुभाकार्य गर्नाले तपाईंलाइ आनन्द दिलाउनेछ। तपाईंको स्वास्थ्य राम्रो हुनेछ र तपाईंले केहि स्वादिष्ट भोजनको मज्जा लिनुहुनेछ। साथीहरु संग कुनै रमाइलो यात्रा पनि गर्न सक्नुहुन्छ। मुटु र उच्च रक्तचाप रोगबाट पीडित व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिनुपर्छ। केही व्यक्तिहरुमा घांटी सम्बन्धि रोग देखा पर्न सक्छ ।
धनु राशीको वैवाहिक जीवन र प्रेम

तपाईंको दाम्पत्य जीवन यो महिना अझ राम्रो संग चल्ने छ । तपाईंले आफ्नो जीवनसाथीसँग खुसी महसुस गर्नुहुनेछ । दुवैलाइ कुनै अद्भुत क्षण जिउने मौका मिल्नेछ । प्रेम जोडीको लागि यो समय अझ राम्रो हुनेछ । यदि तपाईंसँग आफ्नो मनमा कसैप्रति आकर्षण भावना छ भने आफ्नो मनको कुरा भनि हल्नुहोस । किनभने उसलेपनि तपाईलाई मन पराएको हुन सक्छ । प्रियजान संग घुम्ने अवसर प्राप्त हुनेछ । विवाह गर्ने योजना भएका प्रेमीहरूको लागि यो उचित समय छ ।
धनु राशीको उपाय र समाधान

गरीब व्यक्तिलाई पहेंलो कपडा दान गर्नु लाभदायक हुनेछ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अस्वस्थताले काममा बाधा पुग्न सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। व्यावहारिक अलमलले अध्ययनमा बाधा पुर्याउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। आर्थिक पक्षमा सामान्य प्रगति हुनेछ। तर आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अवसर प्राप्त भए पनि समयमा उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्य तथा पेटको समस्याले सताउन सक्छ, खानपानमा सजग रहनुहोला। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। प्रतिष्ठाका लागि मैदानमा उत्रनुपर्ने हुन सक्छ। उच्च महŒवाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। आमाको स्वास्थ्य बिग्रनाले त्यसप्रति चिन्ता बढ्नेछ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। कृषि र भूमिबाट प्रशस्त लाभ लिने समय छ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि विशेष कामको थालनी हुन सक्छ।
मकर राशीको आर्थिक जीवन

आर्थिक रूपमा यो महिना तपाईंले सावधान रहनु पर्ने छ । यो महिना तपैले पैसा कमाउन सक्नुहुन्छ। काममा सफलता प्राप्त हुने वा पदोन्नति हुने योग छ । शेयर बजारमा लगानी गर्नाले हानि हुन सक्छ । लामो दूरी यात्राले आर्थिक लाभ हुन सक्छ । बुबाको माध्यमबाट तपाईलाई आर्थिक सहयोग प्राप्त हुन सक्छ । यदि तपाईं कुनै पनि धार्मिक संस्था वा आध्यात्मिक गतिविधिसँग सम्बन्धित हुनुहुन्छ भने, तपाईं यस अवधिमा राम्रो पैसा कमाउनुहुनेछ। यदि तपाइँसँग शिक्षा, धार्मिक सामानहरू, कपडाहरू, रंगहरू, चलचित्रहरू, कला, सङ्गीत, नाटक, वाहनहरू, विदेशी र महंगा प्राचीन वस्तुहरूसँग सम्बन्धित व्यापार गर्नुहुन्छ भने तपाईं ठूलो फाइदा उठाउने मौका छ ।
मकर राशीको स्वास्थ्य जीवन

स्वास्थ्यको सन्दर्भमा यो महिना तपाईंको लागि समस्याग्रस्त हुन सक्छ। यो अवधिमा तपाईले सावधानीपूर्वक सवारी चलाउनु होला । अथवा यो समयमा सवारी प्रयोग नगर्दा राम्रो हुनेछ । यसबाहेक अन्य स्वास्थ्य समस्याहरूले पनि तपाईंलाई दुख दिन सक्छ । तपाईंले शान्ति प्राप्त गर्नको लागि आफ्नो आध्यात्मिक गतिविधि बढाउन सक्नुहुन्छ। कसैसंग विवाद नगर्नु लाभदायक हुनेछ ।
मकर राशीको प्रेम र वैवाहिक जीवन

यो समय दाम्पत्य जीवन मिश्रित हिसाबले चल्नेछ । वैवाहिक सम्बन्धमा तिक्तता आउन सक्छ। जीवनसाथीको स्वास्थ्य पनि यस महिना प्रभावित हुन सक्छ। तपाईंको वैवाहिक जीवनमा रोमान्स भने रहीरहनेछ। केहि समस्याहरुका बाबजुद तपाईं आफ्नो वैवाहिक जीवनको आनन्द उठाउनुहुनेछ। यस अवधिमा, तपाईं जीवनसाथीसँग लामो यात्रामा पनि जान सक्नुहुन्छ। प्रेम जीवनको लागि यो समय सुखद हुनेछ। प्रेमी संग लगातार भेटघाट हुन सक्छ। तपाईंले कुनै महँगो उपहार समेत पाउन सक्नु हुनेछ ।
मकर राशीको हेरचाह र उपचार

खराब साथी तुरुन्त छोड्नु र दिनदुखिलाई सहायोग गर्नाले लाभ मिल्नेछ ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। परिवारिक असमझदारी बढ्नाले काम रोकिन सक्छ। विश्वासपात्रबाटै धोका हुने सम्भावना देखिन्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मेहनत गर्दा अप्ठ्यारो ठानिएका काम बन्न सक्छन्। कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। नयाँ काम थालनी गर्न समय प्रतीक्षा गर्नुहोला। महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनाले यो महिना निकै लाभदायक रहनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। उद्योग–धन्दामा पनि सफलता पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी केही फाइदा उठाउन सकिनेछ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सक्छ।
कुंभ राशीको आर्थिक जीवन

आर्थिक हिसाबले पैसा कमाउन यो समय उत्तम हुनेछ। आर्थिक परिस्थितिलाई सुदृढ बनाउन कडा प्रयास गर्नुहुनेछ। जो विदेशी स्रोतसँग सम्बन्धित व्यवसायहरू गर्दैछन उनीहरुले राम्रो नाफा कमाउन सक्छन्। कार्यक्षेत्रको लागि गरिएको लामो दूरी यात्राले धनलाभ हुनेछ । शेयर मार्केट संग सम्बन्धित व्यक्तिले राम्रो फाइदा कमाउन सक्छन । तपाईंले आफ्नो काम परिवर्तन गर्न सक्नुहुन्छ। केहि मानिसहरूको स्थानान्तरणको पनि सम्भावना छ। सत्रुहरु दबिएर रहनेछन । तपाईंले ठूला व्यक्तिहरुबाट समर्थन पाउनुहुनेछ। नयाँ व्यवसायमा लगानी गर्नुअघि राम्रोसँग सोच्नुहोस्।
कुंभ राशीको स्वास्थ्य जीवन

यो अवधिमा तपाइको स्वास्थ्य सामान्य रहनेछ । तपाईंको कार्यक्षमतामा वृद्धि हुनेछ । कार्यक्षेत्रमा तपाईंले आदर र प्रसिद्धि पाउनुहुनेछ। तपाईंलाइ अधिक रिस उठ्न सक्छ। अत्यधिक कार्यभारको कारण तपाइले थकित महसुस गर्नुहुनेछ । बोलीमा लगाम नलगाउनाले सम्बन्ध चिसिन सक्छ । क्रोध नियन्त्रण गर्न आवश्यक छ। रोगहरु निस्तेज भएर जानेछन । केही व्यक्तिमा मेरुदण्ड सम्बन्धि समस्या देखा पर्न सक्छ ।
कुंभ राशीको वैवाहिक जीवन र प्रेम

वैवाहिक जीवनको लागि यो समय अनुकूल रहेको छ। जीवनसाथीसंग केहि अद्भुत क्षणहरू बिताउन सक्नुहुनेछ। दुवै बीच आपसी समझदारीमा वृद्धि हुनेछ । यो समय प्रेम जोडीको लागि त्यति अनुकुल मानिदैन । यस अवधिमा, तपाईलाई नयाँ सम्बन्ध बनाउनबाट जोगिनै पर्छ। तपाइँले सम्बन्धमा पारदर्शिता कायम राख्न आवश्यक छ। प्रेमीसंग झूट नबोल्नुस, सम्बन्ध टुट्न सक्छ । तपाईंको सम्बन्धमा महिनाको बीच देखि केहि सुधार आउने अपेक्षा गरिएको छ।
कुंभ राशीको उपाय र समाधान

गरीबलाई कालो जुत्ता र कालो छाता दान गर्नु लाभदायक हुनेछ ।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। महत्वपूर्ण निर्णय लिने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने वैरभाव राख्नेहरूले हार खानेछन्। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरीमा पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। स्वास्थ्यमा केही समस्या देखिए पनि यो महिना उत्साहवर्धक रहनेछ। अवसरका लागि केही दौडधुप भने गर्नुपर्नेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायमा राम्रै फाइदा हुनेछ। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। शिर वा आँखाको समस्याले सताउन सक्छ। वादविवादमा परिने समय रहेकाले सजग रहनुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। नाम चलेका व्यक्तिले पनि धोका दिन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।
मीन राशिको आर्थिक जीवन

यो महिना आर्थिक क्षेत्र धेरैनै राम्रो रहनेछ । तपाईं आफ्नो व्यक्तिगत प्रयास मार्फत पैसा कमाउन सफल हुनेछ। तपाईं यस समयमा व्यापारमा ठूलो लाभको अपेक्षा गर्न सक्नुहुन्छ।खर्चमा समेत वृद्धि हुन सक्छ । तपाईं आफ्नो व्यापारलाइ विदेशी स्रोत संग जोड्न सक्नुहुन्छ। ब्यापारिक कार्यलाई लिएर बैदेशिक यात्रा हुन सक्छ । यस समयमा, कुनै मित्रले पनि तपाईलाइ आर्थिक सहयोग गर्न सक्छन । यदि तपाइँ पहिले देखि नै ऋणमा हुनुन्छ भने , यो महिनाबाट छुटकारा पाउनु हुनेछ । व्यवसायमा राम्रो रकम उपलब्ध हुनेछ। यदि तपाईंको कार्यक्षेत्र विदेशी स्रोतसँग जोडिएको छ भने विदेशबाट आयको प्रवाह हुनेछ। बहुराष्ट्रीय कम्पनीहरूमा काम गरिरहेका मानिसहरूले राम्रो अवसर पाउने छन्। तपाईं शेयर बजार, परामर्श, नमूना बजार आदि क्षेत्रबाट राम्रो पैसा कमाउन सक्नुहुन्छ। तथापि, यस समयमा तपाईको बचतमा ध्यान दिनु आवश्यक छ।
मीन राशिको स्वास्थ्य जीवन

यस महिना स्वास्थ्यको लागी धेरै राम्रो समय छ। यस समयमा तपाई आफैलाई धेरै ऊर्जावान र सक्रिय महसुस गर्नुहुनेछ। यदि तपाइँ पहिले नै बिरामी हुनुहुन्छ भने, तपाईंको स्वास्थ्यले यो महिना आश्चर्यजनक रूपमा सुधार गर्नेछ। तपाईंले आफ्नो सरिरमा नयाँ सक्तिको अनुभव गर्नुहुनेछ । तपाईंको दिमाग ताजा हुनेछ। तपाईंले काम गर्ने काम गर्नुहुनेछ। केही व्यक्तिमा आँखा, खुट्टा, टाउको दुख्ने र अनिद्रा संगसम्बन्धित समस्या हुन सक्छ। यदि तपाइँ मेडिकल चेकअप वा डाक्टरसंग सल्लाह लिनुहुन्छ भने राम्रो हुनेछ।
मीन राशिको प्रेम र बैबाहिक जीवन

यो समय विवाहिक जीवनको लागि उत्तम समय छ । यो महिना, तपाईं दुवै एक धार्मिक स्थानको भ्रमणमा जान जक्नुहुनेछ । तपाईंको वैवाहिक जीवनमा प्रेम दिनदिनै बढ्नेछ। तर यो अवधिमा, तपाईंको साथीले तपाईको स्वास्थ्यको हेरविचार गर्नुपर्दछ। यो समय प्रेमजोडीको लागि धेरै राम्रो हुन सक्छ। तपाईंको प्रेमीले तपाईंको भावनाको कदर गर्नेछ। तपाईंलाइ उनिहरुसंग घुम्ने तिनीहरूसंग भेट्ने धेरै अवसरहरू प्राप्त गर्नुहुनेछ। यस समयमा तपाईले प्रेमीसंग मिलेर केहि खरिद समेत गर्नुहुनेछ । प्रेम विवाहमा रुचि राख्ने व्यक्तिहरूले यो महिना सफलता हासिल गर्न सक्छन । साथै, जो एक्लै बसिरहेका छन्, चाँडै त्यउनीहरूको जीवनमा प्रेमको आगमन हुने सम्भावना हुनेछ।
मिन राशीको हेरचाह र उपचार

माछालाइ चारा दिनाले तपाईंको लागि राम्रो हुनेछ।