२०७५ साल माघ महिनाको राशिफल

पं. ज्यो. शहदेव कोईराला -फोनः ९८५१०८८५६१
संचार गृह/ मङ्लबार, माघ १, २०७५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेषराशि हुनेहरुका लागि यो महिना सुखद वातावरणमा बित्नेछ । वाणिको मार्धुयताले ठूला मानिस बसमा पर्नेछन् । व्यापार–व्यवसायमा सफलता हात लाग्नेछ । सन्तान सुख हुने योग पनि रहेको छ । पढाई भने अधुरै रहने देखिन्छ । धार्मिक आस्थामा पनि कमी आउने छ । खर्च नियनत्रण हुने हुँदा आर्थिक पक्ष सवल देखिन्छ ।

 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृषराशिका हुनेहरुका लागि यो महिना भाग्य कमजोर हुने देखिन्छ । शत्रुहरु सल्बलाउने हुँदा सचेत रहनुहोला । सरुवा रोगको शिकार बननुपर्ने देखिन्छ । फलामजन्य व्यापारबाट मनग्य लाभ होला । कृषि, पशुपालन व्यवसायबाट पनि राम्रै आम्दानी हुने देखिन्छ । अढैया शनीका कारण काममा ढिलासुस्ती, चोटपटकको भय जस्ता समस्या पर्न सक्छन् ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुनराशि हुनेहरुको लागि यो महिना मिश्रित फलदायी रहेको छ । आम्दानी र खर्च बराबर रहने छ । भाग्य वलवान हुँदै जानेछ । जग्गाजमिनको कारोवारबाट प्रसस्त लाभ हुने देखिन्छ । धार्मिक यात्राको योग पनि रहेको छ । नोकरीमा पदोन्नती हुनेछ । छोराछोरीको माग पूरा गर्न नसक्दा आफूबाट टाढिने छन् । वैदेशिक क्षेत्रमा भने राम्रो देखिदैन ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कटराशि हुनेहरुको लागि यो महिना शुभ फलदायी रहेको छ । पैत्रिक सम्पत्ति हात लाग्ने योग छ । भात्तृत्व प्रेम प्रगाढ रहनेछ । रोग व्याधीबाट छुटकारा पाइएला । छोराछोरीको कामबाट मनमा सन्तोष मिल्नेछ । नोकरीमा प्रसंशा मिल्नेछ । व्यापारबाट भने सोंचे अनुरुप लाभ नहुने देखिन्छ । वैदेशिक क्षेत्र शुभ रहेको छ ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शिंहराशि हुनेहरुको लागि यो महिना राम्रो देखिन्छ । राजनीति गर्नेहरुको लागि झनै उत्तम रहेको छ । महत्वपूर्ण पदको दायित्व हात पर्नेछ । खर्च बढ्नाले आर्थिक संकटको सामना गर्नुपर्ला । नोकरीमा अपजस व्यहोर्नु पर्ला । व्यापारबाट खासै प्रगति हुने देखिंदैन । विदेश यात्राको योग रहेको छ । आमावुवाबाट पूर्ण सहयोग मिल्नेछ ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कन्याराशि हुनेहरुको लागि यो महिना पैत्रिक सम्पत्तिको कारण दाजुभाईबीच मनमुटाव बढ्ने देखिन्छ । परिवारमा बेमेल हुनेछ । व्यापारबाट प्रसस्त लाभ हुनेछ । पत्ति पत्नीबीच भने सम्बन्ध प्रगाढ बन्नेछ । अढैया शनीको प्रभावका कारण शरीरमा आलस्यता, दुर्घटना, ज्वरोको प्रकोप, झुटा आरोपको समेत सामना गर्नुपर्ने देखिन्छ ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तुलाराशि हुनेहरुको लागि यो महिना फलदायी रहनेछ । ठूला मानिसको सामिप्यता बढ्ने हुनाले मन प्रफुलित रहनेछ । अधुरा काम बन्ने तथा नयाँ काम शुरु हुने योग रहेको छ । दाम्पत्य जीवनमा टकराव हट्नेछ । खर्च नियन्त्रण हुनाले आर्थिक क्षेत्र सवल हुनेछ । मान्यजनबाट भने खासै सहयोग मिल्ने देखिदैन । भूमी तथा बाहनको लाभ हुने योग रहेको छ ।

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वृश्चिकराशि हुनेहरुका लागि यो महिना मानसिक तनावकाबीच बित्नेछ । खर्च बढ्नाले आर्थिक संकटको सामना गर्नुपर्ने देखिन्छ । व्यापारबाट भने लाभ हुने देखिन्छ । वैदेशिक क्षेत्र राम्रो रहेको छ । सांढेसाती दशाका कारण चोटपटकको भय, संचित धनमा नोक्सानी जस्ता समस्या पर्ने हुँदा शनिदेवको पूजा उपासना गर्दै रहनुहोला ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनुराशि हुनेहरुका लागि यो महिना ज्वरो तथा सरुवा रोगबाट दुःख पाउनुपर्ने देखिन्छ । मनमा पापिय भावना बढ्ने हुँदा आफन्तहरु टाढिने छन् । धार्मिक कार्यमा मन जाने छैन । वैदेशिक क्षेत्र राम्रो देखिंदैन । राजनीतिमा भने महत्वपूर्ण पद हात पर्नेछ । नेत्तृत्व पंतिमा पुग्न सकिएला । कृषि व्यवसायमा राम्रो योग रहेको छ । सामाजिक कार्यमा धन खर्च हुनेछ । छोराछोरीको कामबाट मनमा आनन्द मिल्नेछ ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मकरराशि हुनेहरुका लागि यो महिना संचित धन नोक्सानी हुने संभावना रहेकाले सचेत रहनुहोला । वैदेशिक क्षेत्र भने राम्रो रहेको छ । कलाजन्य सामानको व्यापारबाट राम्रो हुनेछ । पत्तिपत्नीबीच खटपट हुँदा मन असान्त रहनेछ । टाउको दुख्ने तथा सरुवा रोगको शिकार हुनुपर्ने देखिन्छ । मातृत्व प्रेममा खलल पुग्नेछ ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भराशि हुनेहरुको लागि यो महिना शुभ फलदायी रहनेछ । अधुरा काम बन्ने तथा नयाँ कामको थालनी हुने योग रहेको छ । पारिवारिक किचलो हुने हुँदा सचेत रहनुहोला । शत्रुहरु शरण पर्नेछन् । माया मरिसकेको धन हात पर्नेछ । धार्मिक तथा मांगलिक कार्यमा सरिक हुनुपर्नेछ । व्यापार–व्यवसायबाट सोचे अनुरुप लाभ लिन सकिनेछ ।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मिनराशि हुनेहरुका लागि यो महिना राम्रो रहेको छ । पारिवारिक खुसी मिल्नेछ भने स्वास्थ्यमा सुधार आउनेछ । भूमि तथा बाहन लाभ हुनेछ । साझेदारी व्यवसायमा बिचार पु¥याउनुहोला । कृषि क्षेत्र अत्यन्तै राम्रो रहेको छ । नोकरीमा स्थानान्तरण हुनेछ । आर्थिक पक्ष मजबुत रहनेछ । सन्तान सुख प्राप्त हुने देखिन्छ । परिवारको साथ लामो यात्रामा सहभागी भइनेछ ।