पुस महिनाको राशिफल

पं. ज्यो. शहदेव कोईराला -फोनः ९८५१०८८५६१
संचार गृह/ आइतवार, पुस १, २०७५

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेषराशि हुनेहरुका लागि यो महिना सुखद वातावरणका विच वित्नेछ । वाँणीको माधुर्यताले ठुला मानिस तँपाईको वसमा पर्नेछन् । ब्यापार ब्यावसायमा सफलता हात लाग्नेछ । सन्तान सुखको पनि योग रहेको छ । पढाइ भने अधुरै रहने देखिन्छ । धार्मिक आस्थामा कमि अनउनेछ । खर्चमा नियन्त्रण हुनेहुँदा आर्थीक समस्या नहोला ।

 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
वृषराशिका लागि यो महिना भाग्य कमजोर हुने देखिन्छ । सत्रुहरु सलवलाउने हुँदा सचेत रहनुहोला । सरुवा रोगको सिकार हुने देखिन्छ । फलामजन्य ब्यापारबाट लाभ होला । कृषि तथा पशु पालनमा पनि राम्रै आम्दानी हुने देखिन्छ । अढैया शनिको कारण काममा ढिलासुस्ती, चोटपटकको भय जस्ता समस्या पर्न सक्छन् ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुनराशि हुनेका लागि यो महिना मिश्रीत फलदायी देखिन्छ । आम्दानी र खर्च वरावर देखिन्छ । भाग्य वलवान हुँदै जानेछ । जग्गा जमिनको कारोवारबाट प्रशस्त लाभ हुनेछ ।
सन्तानको माग पुरा गर्न नसक्दा आफुबाट टाडिनेछन् । बैदेशिक यात्रा राम्रो देखिँदैन ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कर्कटराशि हुनेहरुका लागि शुभ, फलदायी रहनेछ । पैत्रिक सम्पती हात लाग्ने योग रहेकोछ । भातृत्व प्रेम प्रगाड रहनेछ । रोगव्यादीबाट छुटकारा पाईएला । छोराछोरीको कामबाट सन्तोष मिल्नेछ । नोकरीमा प्रशंसा पाईनेछ । व्यापारबाट भने सोचे अनुरुप लाभ हुने देखिदैन । वैदेशिक यात्रा शुभ रहनेछ ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शिंहराशि हुनेका लागि यो महिना मिश्रीत फलदायी देखिन्छ । राजनीति गर्नेका लागि यो महिना उत्तम रहेकोछ । महत्वपुर्ण पद हातपर्ने देखिन्छ । खर्च बढ्नाले आर्थिक भारको सामना गर्नुपर्ने दखिन्छ । विदेश यात्राको योग रहेकोछ । आमाबुवाबाट पुर्ण सहयोग पाईएला ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कन्याराशि हुनेका लागि यो महिना पैत्रिक सम्पतीका कारण दाजुभाईबीच मनमुटाव हुने देखिन्छ । परिवारमा बेमेल हुनेछ । व्यापारबाट प्रशस्त लाभ हुनेछ । पतिपत्नी विच भने सम्बन्ध प्रगाड हुनेछ । दुर्घटना, ज्वरो, झुटा आरोप जस्ताको सामना गर्नुपर्ने देखिन्छ ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तुलाराशि हुनेका लागि यो महिना ठुला मानिसको सामिप्यता बढ्ने हुनाले मन प्रफुलित हुनेछ । अधुरा काम बन्ने तथा नयाँ कामको थालनी हुने योग रहेकोछ । दाम्पत्य जिवनको टकराव हट्नेछ । खर्च नियन्त्रण हुनाले आर्थीक संकट समाधान हुनेछ । मान्यजनबाटभने खासै सहयोग हुने देखिदैन । भुमी तथा वाहानको लाभ हुने देखिन्छ ।

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
वृश्चिकराशि हुनेका लागि यो महिना मानसिक तनावका साथ वित्नेछ । खर्च बढ्नाले आर्थीक संकटको सामना गर्नुपर्ने देखिन्छ । व्यापारबाट लाभ हुनेछ । वैदेशिक यात्रा राम्रो छ । साँढेसाती दशाका कारण चोटपटकको भय, सञ्चित धनमा नोक्सानी जस्ता समस्या पर्नेहुँदा शनिदेवको पुजा–उपाशना गर्दा फाईदा मिल्नेछ ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनुराशि हुनेका लागि यो महिना ज्वरो तथा सरुवा रोगबाट दुख पाउनुपर्ने देखिन्छ । आफन्तहरु टाढा हुनेछन् । धार्मिक कार्यमा मन जानेछैन । वैदेशिक क्षेत्र राम्रो देखिदैन । राजनितिमा भने महत्वपुर्ण पद हातपर्ने देखिन्छ । नेतृत्वपंक्तीमा पुग्न सफल भईएला । कृषि व्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मकरराशि हुनेका लागि यो महिना मिश्रित फलदायी रहेकोछ । कृषिमा सफलता मिल्नेछ । दाम्पत्य जिवनमा अवरोध आउन सक्छ । आफन्तजनबाट सोचेअनुरुप सहयोग मिल्नेछ । शत्ररहरु पराजित हुँदै जानेछन् । सन्तान सुख प्राप्तहुने योग रहेकोछ । थालिएको काम अधुरै रहनेछ ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भराशि हुनेहरुका लागि यो महिना आर्थिक संकटको समाधानको कारणले गर्दा पारिवारीक मेलमिलाप र मनमा आनन्द छाउनेछ । सन्तानको कार्यबाट सन्तुष्ठी पाईनेछ । जग्गा जमिनको कारोवारबाट प्रसस्त लाभ हुने देखिन्छ । व्यापारबाट भने खासै लाभ हुनेछैन । कुराकाट्नेहरु सलवलाउने छन् ।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मिनराशि हुनेका लागि यो महिना अर्काको विश्वासमा काम गर्दा धोका पाईनेछ । धार्मिक यात्रा गर्नुपर्ने देखिन्छ । पढाईमा प्रगती हुनेछ । नोकरीमा मानसम्मान प्राप्त हुनेछ । रोगबाट छुटकारा मिल्नेछ । पैत्रिक सम्पतीका कारण बुवाआमा टाढीनेछन् । आफन्तजनसँग बैरभाव वढ्नेहँुदा सचेत रहनुहोला ।