मंसिर महिनाको राशिफल

पं. ज्यो. शहदेव कोईराला -फोनः ९८५१०८८५६१
संचार गृह/ आइतवार, मंसिर २, २०७५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मेष राशि हुनेहरुका लागि यो महिना अध्ययन अध्यापनको क्षेत्रमा शुभ रहेको छ । आकस्मिक धनलाभ हुने योग रहेको छ । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सुमधुर रहनेछ ।

परिवारको स्वास्थ्य बिग्रनाले चिन्तित बन्नु पर्नेछ । आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । वैदेशिक क्षेत्रमा गरिएका कामहरु बन्नेछन् । नोकरीमा डर तर व्यापारमा राम्रो रहेको छ ।

 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वृष राशि हुनेहरुका लागि यो महिना अढैया शनिको प्रभावका कारण मनमा अशान्ति, काममा ढिलासुस्ती, शरीरमा घाउचोटजस्ता समस्या आइ पर्नेछन् । व्यापारबाट भने धनलाभ हुने देखिन्छ ।

शत्रुहरु शरण पर्नेछन् । नोकरीमा पदोन्नति हुने देखिन्छ । वैदेशिक रोजगारीमा गरिएका कामहरु बन्नेछन् । स्मृतिमा ह्रास आउला । धर्मकर्ममा रूचि बढ्नेछ ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मिथुन राशि हुनेहरुका लागि यो महिना धार्मिक तथा माङ्गलिक कार्यमा समय बित्नेछ । साझेदारी व्यवसायमा भने अवरोध आउने देखिन्छ । कृषि÷व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ ।

अध्ययन–अध्यापनका क्षेत्रमा तपाईंले सोचेजस्तो सफलता हात लाग्ने छैन । सरूवा रोगको प्रकोप रहेकोले सचेत रहनुहोला । मित्रसुख मिल्नेछ ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कर्कट राशि हुनेहरुका लागि यो महिना मिश्रित फलदायी रहेको छ । नोकरी तथा सामाजिक कार्य गर्नेहरुको प्रतिष्ठा बढ्नुका साथै पदोन्नति हुनेछ । आर्थिक अवस्था मजबुत रहने देखिन्छ ।

झैझमेलामा पर्नुपर्ने हुन्छ । शत्रु पराजय हुने योग रहेको छ । व्यापारबाट राम्रै आम्दानी हुने देखिन्छ । अध्ययन– अध्यापनका क्षेत्रमा भने तपाईंले सोचेजस्तो हुने छैन ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सिंह राशि हुनेहरुका लागि यो महिना शुभ फलदायी रहेको छ । गुमेको धन हात पर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याबाट छुट्कारा मिल्ने हुँदा मनमा उत्साह मिल्नेछ ।

कृषि तथा पशुपालन व्यवसायबाट राम्रो होला । मान–सम्मान मिल्नेछ । वैदेशिक क्षेत्रमा तपाईंले सोचेजस्तो सफलता हात लाग्ने छैन । आर्थिक क्षेत्र मजबुत हुँदै जानेछ ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कन्या राशि हुनेहरुका लागि यो महिना अढैया शनिको प्रभाव रहने हुँदा उतारचढावको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नु पर्नेछ । पढाइ अधुरै रहनेछ ।

वैदेशिक क्षेत्र शुभ रहेको छ । फलाम तथा धातुजन्य वस्तुको व्यापारबाट लाभ हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । नोकरीमा स्थानान्तरणको सम्भावना रहेको छ । शनिदेवको पूजा उपासना गर्दा राम्रो होला ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तुला राशि हुनेहरुका लागि यो महिना शुभ फलदायी रहेको छ । अधुरा काम बन्ने तथा नयाँ कामको थालनी हुनेछ । चोरी तथा आगोबाट भने होसियारी अपनाउनुपर्ने देखिन्छ ।

पढाइमा प्रगति हुँदै जानेछ । पैतृक सम्पत्तिका कारण विवाद हुने देखिन्छ । धार्मिक तथा माङ्गलिक कार्यमा सरिक हुनु पर्नेछ । व्यापार–व्यवसायबाट लाभ मिल्नेछ ।

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

वृश्चिक राशि हुनेहरुका लागि यो महिनामा अन्त्य साढेसाति शनिका कारणले कष्टकर हुने देखिन्छ । मनमा अशान्ति, दाजुभाइबीच मनमुटाव, चोटपटकको सम्भावनाजस्ता समस्याको सामना गर्नु पर्नेछ ।

कुरा काट्नेहरु सलबलाउनेछन् । सचेत रहनु होला । नोकरीमा अपजस मिल्नेछ । वैदेशिक क्षेत्र शुभ रहेको छ । शनिदेवको पूजा आराधना गर्दा राम्रो होला ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धनु राशि हुनेहरुका लागि यो महिना परिवारमा स्वास्थ्यसम्बन्धी समस्याका कारण तनावको सामना गर्नु पर्नेछ । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि राम्रो छ ।

श्रीमान्–श्रीमतिबीच सुमधुर सम्बन्ध रहनेछ । छोराछोरीको माग पूरा गर्न नसक्दा आफूबाट टाढिनेछन् । व्यवसायमा पशुपालनबाट आम्दानी हुने देखिन्छ । यद्यपि खर्च बढ्नेछ ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मकर राशि हुनेहरुका लागि यो महिना सामान्य वैरभाव बढ्नाले बोल्दा विचार पु¥याउनुहोला । सन्तान सुख मिल्नेछ । पारिवारिक मेलमिलापका कारण मनमा आनन्द छाउनेछ ।

आम्दानीका नयाँ–नयाँ स्रोत खुल्नेछन् । नसोचेको ठाउँबाट धनलाभ हुनेछ । पैतृक सम्पत्तिका कारण विवादको सामना गर्नुपर्ने देखिन्छ । मित्र सुख मिल्नेछ ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कुम्भ राशि हुनेहरुका लागि यो महिना उत्साह र उमङ्गको महिना रहेको छ । आम्दानीका नयाँ–नयाँ बाटाहरु खुल्नेछन् । साझेदारी व्यवसायमा भने विवाद बढ्ने हुँदा सचेत रहनुहोला ।

सन्तान सुख मिल्नेछ । छालासम्बन्धी रोगले सताउने हुँदा सचेत रहनुहोला । असामीको धन हात पार्नेछ । वैदेशिक रोजगारीमा भने तपाईंले सोचेजस्तो सफलता हात लाग्ने छैन ।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मीन राशि हुनेहरुका लागि यो महिना दीर्घकालीन कार्यको थालनी हुनेछ । पैतृक सम्पत्ति हात लाग्ने योग रहेको छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । शरीरमा आलश्यता बढ्नेछ ।

पढाइमा भने जाँगर चल्ने छैन । भूमि तथा बाहन लाभ हुनेछ व्यापार–व्यवसायबाट तपाईंले सोचेजस्तो लाभ मिल्ने छैन । नोकरीका क्षेत्रमा राम्रो रहेको छ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।